logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

लकडाउन खुकुलो भएसँगै काठमाडौंमा गुड्न थाले साझा यातायातका बस


अंकुरण खबर
3.198K
Shares

साझा यातायातले काठमाडौंमा बस सञ्चालन गरेको छ । बिहीबारदेखि काठमाडौंका आठ रुटमा साझाका बस गुड्न थालेका हुन् ।

लकडाउन खुकुलो भएसँगै सुरक्षाका उपाय अपनाएर बस सञ्चालन गरिएको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । अहिले साझाले आठ रुटमा २६ बस सञ्चालन गरेको छ। यात्रुको चाप हेरेर बस थप्न सकिने उनको भनाइ छ ।

आजदेखि सञ्चालन गरेका बस भाडा भने ५० प्रतिशत बृद्धि गरिएको छ । सरकारले तोकेअनुसार नै ५० प्रतिशत बढाइएको पाण्डेयले बताए ।

साझा बस चालक र सहचालकलाई फेस सिल्ड लगाइएको छ । त्यस्तै, यात्रुलाई अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ ।

सरकारले लकडाउन खुकुलो भएसँगै सार्वजनिक सवारी साधन चलाउने निर्णय गरेको थियो । तर, यातायात व्यवसायीले सुरक्षाको व्यवस्था गर्न माग गर्दै बस सञ्चालन गरेका छैनन् ।