सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले पुर्दा एकै परिवारका ५ जना बेपत्तामध्ये दुई जनाको शव फेला परेको छ। अन्य तीनजना अझै बेपत्ता छन्।
मृत्यु हुनेमा ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पा छन्। बेपत्ता भएकी वृद्ध सोमबुटी शेर्पा, ४८ वर्षीया सोमसाङ शेर्पा र १२ वर्षीया छिरिङ शेर्पाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
मृत्यु हुने स्थानीयवासी ग्याङ्जेन शेर्पाका श्रीमती र छोरी हुन्। उनकी आमा, बहिनी र छोरी अझै बेपत्ता छन् । ग्यान्जेन भने काठमाडौंमा बस चलाउँदै आएका छन्।
गएराति अबिरल रुपमा परेको बर्षासँगै आएको पहिरोले एकै परिवारका ५ जना बेपत्ता भएका थिए।