बाग्लुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर अधिकारीलाई घुससहित पोखराको एक होटलबाट नियन्त्रणमा लिएको हो।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अधिकारीले उपभोक्ता समितिबाट भएको सडक निर्माण कार्यको रकम भुक्तानी दिने क्रममा घुस लिएको खुलेको छ।