logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

क्वारेन्टाइनको सुरक्षार्थ खटिएका सेनाका जवानसहित ६ जनामा कोरोना पुष्टि


अंकुरण खबर
1.729K
Shares

इलाम नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला समन्वय समितिको क्वारेन्टाइनमा बस्दै आएका ४० वर्ष मुनिका पुरुषमा संक्रमण पुष्टि भएको हो।

इलाम अस्पतालका अनुसार संक्रमित मध्ये एक जना क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवान हुन्।

अन्य पाँच जना कुवेत, साउदी, कतार र भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका पुरुष हुन्। असार २८ गते संकलन गरिएको स्वाब परीक्षणको रिपोर्टमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो।

संक्रमण पुष्टि भएकाहरुलाई गोठगाउँ कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको इलाम नगरपालिकाले जनाएको छ।