logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

पहिरोले घर बगाउँदा माछापुच्छ्रे गाउँपालिकामा एकै परिवारका ३ जनाको मृत्यु


अंकुरण खबर
1.586K
Shares

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।

वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको हो ।

सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका छन् । घरको २०० मिटर माथिबाट झरेको पहिरोले ढुङ्गा माटोले बनेको कच्ची घर सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए ।