नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि केही घण्टाका लागि बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
त्यसअघि ओली र प्रचण्डबीच छलफल हुने जनाइएको छ ।
विहीबार अध्यक्षद्वय र नेता माधव कुमार नेपालबीचको वार्ता पनि निष्कर्षबिना नै टुंगिएको थियो ।