नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरिकि डलरको बिक्री मुल्य १२० रुपैया ६१ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२० रुपैया ०१ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ ०१ पैसा र खरिददर ९ रुपैयाँ ९६ पैशा तोकिएको छ । त्यस्तै, एक कतारी रियालको बिक्री मुल्य ३३ रुपैयाँ १२ पैसा र खरिददर ३२ रुपैयाँ ९६ पैसा रहेको छ ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३१९ रुपैयाँ ८७ पैसा र खरिददर ३१८ रुपैयाँ २८ पैसा रहेको छ ।