logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा भित्रको विवाद : स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित


अंकुरण खबर
897
Shares

सत्तारुढ दल नेकपाको स्थायी कमिटीको बैठक पुन स्थगित भएको छ ।

शुक्रवार(आज) ११ बजेका लागि बोलाइएको बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजेसम्मका लागि स्थगित भएकोमा पुन स्थगित भइ आइतबार साउन ४ गते ३ बजे हुने गरि तोकिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेकपामा लामो समयदेखि विवाद जारी रहेको छ । आज दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेर नेकपाका अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बैठकमा बसेका थिए ।

सरकारबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएसँगै नेकपाको विवाद उत्कर्षमा पुगेको हो ।

अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीको दुवै पदबाट राजीनामा माग गरिरहेका छन्। प्रधानमन्त्री ओली भने कुनै पनि पदबाट राजीनामा नदिने अडान राखेसँगै पार्टी स्थायी कमिटीको बैठक बारम्बार स्थगित हुँदै आएको छ ।