सत्तारुढ दल नेकपाले सचिवालय बैठक बोलाएको छ ।
दुई अध्यक्षको छलफलले स्थायी कमिटी बैठक साउन ४ गते बोलाउने र त्यसअघि सचिवालय समितिको बैठक बस्ने सहमति भएको हो ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको छ। लामो समयदेखि बस्न नसकेको सचिवालय बैठक शनिबार ३ बजेका लागि बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
दुई अध्यक्षकै सहमतिमा आज बस्ने भनिएको स्थायी समिति बैठक साउन ४ गते ३ बजे आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि बल्झिएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन ।