logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फकाई फुलाई घरमा बोलाएर जबरजस्ती करणी गर्ने पक्राउ


अंकुरण खबर
2.691K
Shares

सिरहामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका-७ प्रेमनगर बस्ने २५ वर्षीय राजेश राउतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

राउतले ती किशोरीलाई फकाई फुलाई आफ्नो घरमा बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ  ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।