एउटा बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा थप शुल्क नलाग्ने भएको छ।
नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिमार्फत जुनसुकै बैंकबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था मिलाएको हो।
यसअघि एक बैंकको एटीएम कार्डबाट अर्को बैंकको एटिमबाट पैसा निकाल्दा शुल्क लाग्ने गरेको थियो। तर, कोरोना भाइरसका कारण बैंकहरुले जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलिने व्यवस्था गरेका थिए।
यद्यपि, साउन १ गतेबाट बैंकहरुले एक अर्काको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने बनाएका थिए। तर, राष्ट्र बैंकले मौद्रीक नीतिमार्फत सधैँका लागि एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको जनाएको छ ।