logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा आज थप १०१ जनामा कोरोनाको संक्रमण पुष्टि


अंकुरण खबर
728
Shares

नेपालमा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ४ सय ४५  पुगेको छ।

संक्रमितमध्ये हालसम्म ११ हजार ५ सय ३४ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ४० जनाको मृत्यु भएको छ।

आज मात्रै कोरोनालाई जितेर २८५ जना घर फर्किएका छन्।