logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रवि लामिछानेको पूर्व पत्नी इशा नेपाल आउँदै


अंकुरण खबर
4.615K
Shares

काठमाडौं – हाल अमेरिकामा रहेकी रवि लामिछानेकी पूर्व पत्नी इशा लामिछाने नेपाल आउने भएकी छिन् ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि सोमबार ५ लाख धरौटीमा रिहा भए लगत्तै इशा नेपाल आउने कुरा बाहिरिएको हो । तर उनी नेपाल के कामका लागि आउन लागेकी हुन् भन्ने कुरा भने खुलाइएको छैन । उनले सामाजिक सञ्जाल मार्फत केही ब्यक्तिलाई आफु नेपाल आउन लागेको जानकारी गराएकी हुन् ।

उनी नेपाल किन आउँदैछिन् भन्नेबारे राखिएको जिज्ञासामा उनले कारण खुलाउन चाहिनन् । नेपाल आउनुको कारणबारे सोध्दा उनले अहिलेलाई यति बुझ्नुहोस् कि म नेपाल आउने पक्का छ भन्ने जवाफ दिएको बताइएको छ। यद्यपी उनी नेपाल आउने मिति भने तय भएको छैन् ।

२५ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्दै रवि लामिछाने र इशाले गत वर्ष सम्बन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेदपछि रविले गत वर्ष चलचित्र विकास बोर्डकी तत्कालिन अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका थिए । रवि र इशाका दुई छोरी पनि छन् । छोरीहरुसहित इशा अमेरिकामा बस्दै आएकी छिन् ।