काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड-१९) को आशंकामा समुदायमा गरिएको परीक्षणमा तीन जनामा कोरोना देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा चारहजार ८ सयको समुदायमा गरिएको परीक्षणमा तीन जनामा कोरोना देखिएको जानकारी दिए ।
उनका अनुसार तीन जनामध्ये कोरोना संक्रमित पनि दुईजना विदेशबाट आएका र एक जना ब्युटीपार्लर सञ्चालन गर्ने व्यक्ति रहेका छन् ।
जुन नतिजाबाट पनि स्थानीय कोरोना संक्रमण भएर समुदायमा कोरोनाभाइरस नफैलिएको उनको भनाइ छ।
कोरोनाबाट बच्न दुई मिटर टाढा बस्ने ,पटकपटक हात धुने र भीडभाडमा जाँदा अनिवार्य मास्क लगाउन उनले सबैलाई अनुरोध गरे । उनले कोरोनाविरुद्धको लडाइँ अझै जारी नै रहेको बताए ।