logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

ज्वारचनले लिइन् पद तथा गोपनीयताको सपथ


अंकुरण खबर
949
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचनले पद तथा गोपनीयताको सपथ लिएकी छन्।

सिंहदरबारस्थित कृषि समितिको हलमा आइतबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटाले ज्वारचनलाई सांसद पदको सपथ ग्रहण गराएका हुन्।

समानुपातिक कोटामा सांसद बनेकी ज्ञानकुमारी छन्त्यालको निधनपछि रिक्त पदमा ज्वारचन सांसद बनेकी हुन्।

समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते उपचारका क्रममा सहिद गंगालाल हृदयरोग केन्द्रमा निधन भएको थियो।