logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोले घर पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु


अंकुरण खबर
637
Shares

अविरल वर्षाका कारण दार्चुलामा पहिरोले घर भत्काउँदा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका-६ परिगाउँका हरजित सिंह ठकुन्नाकी श्रीमती ४२ वर्षीया मानमतीदेवि ठकुन्ना र छोरी ६ वर्षीया आरती ठकुन्नाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता प्रहरी वरिष्‍ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले बताए।

सिंहका अनुसार गएराति घरमाथिबाट आएको पहिरोले घर भत्किएसँगै उनीहरूलाई पुरेको थियो। पुरिएका दुवै जनाको सोमबार बिहान शव फेला परेको हो ।

पहिरोले सोही ठाउँको आधारभूत माध्यमिक विद्यालयको सातकोठे र पाँचकोठे पक्की भवनसमेत बगाएको छ। केहि ठाउँमा सडक मार्ग अवरुद्ध भएको छ।