logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायणी नदीमा पानीको सतह खतराको संकेतभन्दा माथि, सतर्क रहन आग्रह


अंकुरण खबर
702
Shares

अविरल वर्षासँगै स्रोत नदी तथा खोलाहरुमा आएको बाढीका कारण नारायणी नदीमा पानीको सतह खतराको संकेतभन्दा माथि पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वामानुमान महाशाखाका अनुसार नारायणी नदीको देवघाट मापन केन्द्रमा पानीको सतह खतराको संकेतभन्दा माथि पुगेको हो ।

नारायणी नदीको देवघाट मापन केन्द्रमा पानीको सतह ८.०४ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देवघाट मापन केन्द्रमा पानीको सतह ८ मिटर पुगे खतराको संकेत मानिन्छ ।

यस्तै, नारायणगढ पुलमा रहेको मापन केन्द्रमा पानीको सतह सतर्कता संकेतभन्दा माथि पुगेको छ । पुलको मापन केन्द्रमा पानीको सतह ११.२४ पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणगढ मापन केन्द्रमा पानीको सतह ११ मिटर पुग्दा सतर्कता संकेत पार गरेको मानिन्छ । पानीको तह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।