logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालगञ्जका एक सहित १० जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.469K
Shares

बाँकेका एक जनासहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा सोमबार १० जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालका अनुसार रुकुम पूर्वका ५ पुरुष र २ महिला गरी ७ जना, दाङ बबईका १ जना पुरुष र एक महिला र बाँके नेपालगञ्ज १९ का १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ सय स्वाब परिक्षण गर्दा १० जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।