सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक १ बजे सम्मका लागि स्थगित गरिएको छ ।
मंगलबार ११ बजेका लागि बोलाइएको बैठक २ घण्टाका लागि स्थगित गरिएको हो ।
नेकपा अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डले बैठक स्थगित गर्ने निर्णय गरेका हुन् । पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक असार १८ गते यता बस्न सकेको छैन ।
अविरल वर्षा, बाढी पहिरोको कारण आज बैठक बस्ने सम्भावना कम रहेको नेताहरू बताउँछन् ।