logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज सुनचाँदीको मुल्य बढ्यो


अंकुरण खबर
611
Shares

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको  छ ।

मंगलबार छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेर तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा ३९५ रुपैयाँले बढेर ९२ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आज चाँदी पनि तोलामा ४० रुपैयाँ बढेर १ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।