logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्थायी कमिटी बैठकअघि बालुवाटार पुगे दाहाल, ओलीसँग ‘वान अन वान’ छलफलमा


अंकुरण खबर
936
Shares

स्थायी कमिटीको बैठक अघि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ।

आज ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक दुई घण्टा स्थगित गरेर साढे १२ बजेतिर दाहाल बालुवाटार पुगेका हुन्।

अहिले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग दाहाल ‘वान अन वान’ बार्तामा बसेका छन्। “अहिलेसम्म बस्नेबारे कुनै निश्चित हुन सकेको छैन, भर्खरै दुई अध्यक्ष वार्तामा बस्नुभयो”, एक स्थायी कमिटी नेताले भने।

१० असारबाट शुरु भएको स्थायी कमिटी बैठक १६ असार देखि बस्न सकेको छैन। शनिबार सचिवालय बैठक बसेपनि सहमति जुट्न नसक्दा स्थायी कमिटी अनिश्चित बन्दै आएको छ।