सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुन स्थगित भएको छ।
साउन १३ गते ११ बजे बालुवाटारमा बैठक बस्ने गरी स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
देशमा केही दिनदेखि लगातार बाढी पहिरो डुवानबाट क्षेति भएकोमा प्रस्ताव पास गरेर स्थगित भएको उनले बताए। बैठकपछि प्रवक्ता श्रेष्ठले देशैभर बाढी पहिरोबाट जनधनको क्षति भएकोले स्थायी कमिटी बैठक स्थगित गरिएको बताए।
बाढी पहिरोबाट दुई सय ३३ जनाको मृत्यु भइसकेको र ९८ जना घाइते भएको तथा दुई सय ८२ घर पूर्ण रूपमा क्षति भएको उनले बताए । पार्टीका कार्यकर्तालाई बाढी पहिरोमा परेकाहरूको उद्धारमा परिचालन गर्नेसमेत निर्णय भएको उनले जानकारी दिए।
आजको स्थायी कमिटी बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए। प्रवक्ता श्रेष्ठले अन्य कामले गर्दा प्रधानमन्त्री थकान लागेकोले बैठकमा अनुपस्थित रहेको बताए। पार्टीभित्र देखिएका विवादबारे छलफल जारी नै रहेको र कुनै सहमतिमा नपुगेको उनले बताए ।
यस्तै शनिवारको सचिवाल बैठकपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झुक्याएर शीतलनिवास पुर्याएको भन्ने कुरा सत्य नभएको बताएका छन्।
“उहाँ झुक्याएर लैजाने खालको अध्यक्ष हुनुहुन्न”, उनले भने, “उहाँ आफैं जानु भएको हो।”