logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

शेयर बजारमा गिरावट, १५ अंकले घट्यो


अंकुरण खबर
884
Shares

शेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले घटेको छ। यो सँगै नेप्से परिसूचक १ हजार ४५० विन्दुको हाराहारीमा ओर्लिएको छ।

मौद्रिक नीति घोषणा भएपछि आइतबार ६ प्रतिशतको छलाङ मारेको नेप्से सोमबार र मंगलबार भने घटेको हो। आज बजारमा १८५ कम्पनीका रु. १ अर्ब ८७ करोड मूल्यका शेयर किनबेच भएका छन् । त्यसमध्ये सबैभन्दा धेरै एनआईसी एशिया लघुवित्तका लगानीकर्ताले करीब १० प्रतिशत नाफा कमाएका छन्।

श्रीराम सुगर मिलका लगानीकर्ताले ९.७८ प्रतिशत, समृद्धि फाइनान्सका लगानीकर्ताले ९.२८ प्रतिशत नाफा कमाए। त्यस्तै, सोल्टी होटल, युनिलिभर नेपाल, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, ओरियन्टल होटल, हिमालयन डिस्टिलरी आदिका लगानीकर्ताले पनि नाफा कमाए।

हिमाल दोलखा जलविद्युत, गुराँस लघुवित्त, स्पर्श लघुवित्त आदिका लगानीकर्ताले भने मंगलबारको कारोबारमा गुमाएका छन्। व्यापार, होटल, उत्पादनमूलक र म्युचुअल फण्डबाहेक अरु समूहका उपसूचक भने घटेका छन् । सबैभन्दा धेरै जलविद्युत समूह २.१४ प्रतिशत र वाणिज्य ब्यांक समूह १.६१ प्रतिशतले घटेको छ। होटल समूहमा ५.८३ प्रतिशतको वृद्धि भएको छ।