logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पृथ्वी राजमार्गको बाढी : सातवटा टिप्पर र पाँवटा एक्साभेटर पनि पुरिए


अंकुरण खबर
975
Shares

केहि दिनदेखिको अविरल वर्षाका कारण धादिङको बेलिघाट रोराङ गाउँपालिकास्थित जवाङ खोलाको ढुङ्गाखानीमा आएको बाढीपहिरोले सात वटा टिप्पर पुरेको छ ।

जवाङ खोलामा स्थानीय ढुंगाखानीको टिपर, पाँवटा एक्साभेटरसमेत बाढीले बगाएको हो । त्यस्तै बाढी र पहिरोले घरहरू बगेको र भत्केको छ तर मानवीय क्षति भने भएको छैन ।

फिस्लिङदेखि जवाङखोला सम्मको सडकमा पहिरो नै पहिरो छ। यस्तै धादिङ र चितवनको सीमा क्षेत्र बेनिघाट रोलाङ गाउँपालिका वडा नम्बर १० स्थित मौवा खोलामा सोमबार बगेको सडक पनि मर्मत भएको छैन।

पुल बाढीले वगाएपछि पश्चिम नेपालबाट राजधानी आउने नाका समेत वन्द हुन पुगेको छ ।