logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

नेपालमा कोरोना संक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु


अंकुरण खबर
858
Shares

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय पुरुषको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।

उनको गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार गम्भिर अवस्थामा अस्पताल भर्ना भएका पुरुषको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो। उनको आइसीयूमा राखेर उपचार भइरहेको थियो।

उपचारमा आउँदा गम्भीर अवस्थाका पुरुषमा कुनै दीर्घ रोग थिएन । तर कोरोना संक्रमणपछि उनलाई निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको थियो ।