logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण रोकिएको रातो मच्छिन्द्रनाथको रथारोरण शनिवार हुने


अंकुरण खबर
1.326K
Shares

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आगामी शनिवार हुने भएको छ ।

मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले साउन १० गते उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथमा विराजमा गराउन लागिएको हो ।

सो दिन मध्यान्ह १२ बजेर पाँच मिनेटदेखि १२ बजेर २५ मिनेटसम्मको साइतमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइने भएको हो । गुठी संस्थान ललितपुरले बाराही नाइकेलाई पत्र पठाएर रथारोहणको साइतको वारेमा जानकारी गराएका हुन् । यसअघि असार २४ गतेका लागि तय गरिएको रथारोहण कोरोना संक्रमण बढेको कारण स्थगित गरिएको थियो ।

हाल तबहालस्थित पाटीमा राखिएका मच्छिन्द्रनाथलाई चार–चार जना पुजारी मिलेर बाजागाजा, पूजापाठ र नीतिनियमका साथ पुल्चोकमा रहेको रथमा विराजमान गराउने प्रचलन छ । विगत वर्षमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराएको चार दिनपछि रथ तानेर गाःबहाल हुँदै अन्त्यमा जाउलाखेल लगेर जात्रा देखाउने चलन भएपनि यो बर्ष के गरिन्छ भन्ने अझै टुंगो लागेको छैन ।

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन छ । यस वर्ष भने कोरोना महामारीको कारण असार १० गतेदेखि मात्रै मच्छिन्द्रनाथको रथ निर्माण अघि बढेको हो ।

यसअघि लकडाउनका कारण चैत २८ मा पनि रथ निर्माणको काम रोकिएको थियो । रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ ।