logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४२ पुग्यो


अंकुरण खबर
1.846K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एक जना विदेशी नागरिक रहेका छन्।

कोरोना भाइरसको संक्रमणबाट जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय वृद्धको मृत्यु भएको हो। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार बेलुका मृत्यु भएको हो।

त्यस्तै, बुधबार बिहान काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत् एक चिनियाँ नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

मंगलबार साँझ शिक्षण अस्पतालमा भर्ना भएकी ५८ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो।

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।