logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए तीन जना कोरोना संक्रमित


अंकुरण खबर
1.131K
Shares

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा तीन जना कोरोना संक्रमित थपिएका छन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

प्रवक्ता डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको हो। भक्तपुर र ललितपुरमा भने आज संक्रमित थपिएनन्।