नेपालमा अर्का एक कोरोना संक्रमितको निधन भएको छ ।
गण्डक अस्पतालमा उपचारका क्रममा गत मंगलबार ज्यान गुमाएका पर्साका एक पुरुषको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
गण्डक अस्पतालमा उपचाररत पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
गत सोमबार सास फेर्न समस्या भएपछि उनलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद लक्षण देखिएपछि उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो थियो । उनको सोही दिन साँझ मृत्यु भएको हो ।
मृत्यु भइसकेपछि आएको पीसीआर परीक्षण रिपोर्टमा उनी कोरोना संक्रमित भएको पुष्टि भएको थियो ।