logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्रोत नखुलेको रु २० लाख नगदसहित एक जना पक्राउ


अंकुरण खबर
949
Shares

सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रु २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ ।

सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाको अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए ।

कँडेलका अनुसार भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जनाएको छ ।