logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिराहामा मृत अवस्थामा फेला परेका शसस्त्र जवानको हत्या भएको खुलासा,३ जना पक्राउ


अंकुरण खबर
1.144K
Shares

सशस्त्र प्रहरी बल (एपीएफ) का जवानको हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

सिरहा नगरपालिका-१७ स्थित बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संग्लन आरोपमा तीन जनालाई पक्राउ गरिएको हो ।

यादवको हत्या आरोपमा पक्राउ पर्नेमा सिरहा नगरपालिका-३ का २५ वर्षीय जयकेश कुमार यादव, २० वर्षीय मंगला भनिने दिपेशकुमार यादव र २२ वर्षीय बुलना भनिने मुकेशकुमार यादव छन् ।

सशस्त्र प्रहरी जवान यादव गत असार १६ गते सोही नगरपालिका १४ खिरौनामा रहेको नहरमा मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानका क्रममा उनको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले हत्यामा संग्लग्नहरुको खोजी शुरु गरेको थियो ।

प्रहरीका अनुसार सशस्त्र प्रहरीका जवान यादव एक विवाहमा गएको बेला सामान्य विवाद भएको थियो । पछि पक्राउ परेकाहरुले चोर भन्दै लखेटेर पानीमा डुबाएर यादवको हत्या गरेका अनुसन्धानबाट खुलेको छ ।