logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीमा थप ३० जनामा कोरोनाको संक्रमण पुष्टि


अंकुरण खबर
754
Shares

कर्णाली प्रदेशमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालको प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा कर्णाली प्रदेशमा थप ३० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये दैलेखका मात्रै २४ जना रहेका छन् । यस्तै, सुर्खेतका ५ र सल्यानका एक जनामा कोरोनाको संक्रमण भेटिएको छ । संक्रमितमध्ये तीन जना बालबालिका रहेका छन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १८१३ पुगेको छ । तीमध्ये १ हजार ५ सय ५२ जना निको भएर घर फर्किसकेका छन् ।