logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा पाँचजना थुनुवासहित ३० जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
806
Shares

पर्सामा पाँच जना थुनुवासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

३० जना मध्ये एक जना ९ महिने बालक, वडा प्रहरी कार्यालय श्रपिुरमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका पाँच जना थुनुवा, वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का ३० वर्षका पुरुष र ४८ वर्षकी महिला, वडा नम्बर २९ की २५ वर्षीया किशोरी, छिपहरमाई गाउँपालिका ३ का २३ बर्षका पुरुष रहेका छन्।