logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार


अंकुरण खबर
832
Shares

काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ ।

बिहिबार राति ९ बजेतिर काठमाडौंको सीतापाइलामा ओखलढुंगा घर भएकी २२ बर्षीया युवतीमाथि एसिड प्रहार भएको हो ।

दही किन्न पसलमा निस्केका बेला युवतीमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । ती युवतीको अनुहारमा एसिड परेको छ।

युवतीलाई कीर्तिपुर अस्पताल लगिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

एसिड प्रहार गर्ने युवक फरार छन्। उनको खोजी भइरहेको छ।