logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साढे ५ लाख घुससहित श्रीमान् श्रीमती नै पक्राउ


अंकुरण खबर
897
Shares

डिभिजन वन कार्यालय सुनसरीका डिजन प्रमुख (डीएफओ) रामबाबु साह र उनकी श्रीमती किरण साह ५ लाख ५३ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले साह दम्पत्तिलाई घुस रकमसहित पक्राउ गरेको हो । पूर्व सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले उनीहरुलाई सुनसरीको कोशी गाउँपालिका–८ बाट पक्राउ गरेको हो ।

बा २ झ ४१० नम्बरको सरकारी गाडीमा सवार रहेका दुवै जनालाई गाडीमा लुकाएर राखिएको घुस रकमसहित पक्राउ गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।