त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले यसअघि स्थगित भएको स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ ।
डिन कार्यालयले शुक्रबार सूचना जारी गरेर सो जानकारी गराएको हो । व्यवस्थापन संकायको डीन कार्यालयले स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो हप्तादेखि र स्नातक प्रथम, दोस्रो, पाँचौं तथा सातौं तहका सत्रान्त परीक्षा भदौ तेस्रो साता सञ्चालन गर्ने बताएको छ ।
सरकारले लकडाउन खोलेर विश्वद्यिालयहरुका परीक्षा गर्न सकिने निर्णय गरेसँगै ती परीक्षा हुन लागेका हुन् ।
भदौ १ देखि लामो दूरीको यातायातसमेत सञ्चालन हुने भएकाले परीक्षा सञ्चालन गर्न लागिएको त्रिविले जनाएको छ ।
