logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट बारामा एक १७ बर्षीया युवतीको मृत्यु


अंकुरण खबर
780
Shares

वीरगञ्‍जको कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्‍टि भएको छ ।

शंकास्पद संक्रमितको रुपमा कोभिड अस्पतालमा उपचार गराइरहेकी बाराको परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया युवतीको शुक्रबार अपरान्ह उपचारकै क्रममा मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्‍टि भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा. मदन उपाध्यायले जानकारी दिए ।

बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्‍ज हेल्थ केयर अस्पताल लगिएको थियो । त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको आरडिटी परीक्षण गरिएको थियो जसमा आरडीटी एन्टीबडी पोजेटिभ देखिएको थियो ।

त्यसपछि कोरोनाको आशंकामा बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको मृत्यु भएको हो ।

उनमा स्क्रब टाइफस समेत पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।