logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अवैध रकमसहित काठमाडौँबाट एक जना पक्राउ


अंकुरण खबर
741
Shares

काठमाडौँबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका २४ स्थित विशाल बजारबाट २० लाख रकमसहित ढुन्डीराज न्यौपानेलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनको साथबाट १९ लाख ९१ हजार रुपैयाँ बरामद गरिएको छ ।

यस बारेमा थप अनुसन्धान चलिरहेको प्रहरीे जनाएको छ ।