logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरमा ट्रक दुर्घटना : छोराको मृत्यु, बाबु घाइते


अंकुरण खबर
832
Shares

मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–९ खरङ्गामा आज बिहान ट्रक दुर्घटना भएको हो ।

बाराबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ना ४ ख ७०४ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट ३० फिट तल खस्दा सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार ट्रकले च्यापिएर राजको मृत्यु भएको हो । दुर्घटनामा मृतक राजका बाबु तथा ट्रक चालक लक्ष्मीनारायण चौधरी घाइते भएका छन् ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।