नेपाली बजारमा सुनचाँदीको भाउले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ ।
आज आइतबार छापावाला सुन तोलाको ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुन तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।
तेजाबी सुनको भाउ पनि तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै चाँदीको भाउ पनि निरन्तर बढेर आज तोलाको १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।