logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मास्क नलगाउनेविरुद्ध कडा कारवाही चाल्दै गृह मन्त्रालय


अंकुरण खबर
741
Shares

मास्क नलगाई हिड्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा मास्क प्रयोगकर्ताको संख्या घटेको भन्दै आइतबार मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको हो।

मन्त्रालयले मास्क प्रयोग नगर्नेलाई यसअघिनै जारी गरिएको निर्देशन अनुसार कारवाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र गरेको छ।

मास्क प्रयोग नगरेको आरोपमा पक्राउ पर्ने विरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारवाही हुनेछ । साथै, मास्क प्रयोग नगर्नेमाथि गरिएको कारवाहीको विवरण हरेक जिल्ला प्रशासन कार्यालयले दैनिक गृह मन्त्रालयमा पेश गर्नुपर्नेछ ।