logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायमै


अंकुरण खबर
819
Shares

नेपाली बजारमा सुनचाँदीको भाउले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ ।

आज सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यो हालसम्मकै सार्वधिक मूल्य हो।

आइतबार छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुनको मूल्य ९७ हजार ६० मा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार २ सय १० मा कारोबार भएको छ ।