logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराट नर्सिङ होममा कार्यरत चार जना नर्समा कोरोना पुष्टि


अंकुरण खबर
1.573K
Shares

विराट नर्सिङ होममा कार्यरत थप चार जना नर्समा कोरोना भाईरस पुष्टि भएको छ ।

अस्पतालका सञ्चालक एवं चिकित्सकमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट टे«सिङ्गका आधारमा गरिएको स्वाव संकलन र परीक्षणमा चारजना नर्समा पोजेटिभ देखिएको हो ।

नर्सिङहोममा कार्यरत चारजना नर्समा कोरोना पुष्टि भएसँगै विराट अस्पतालमा संक्रमणको जोखिम झनै बढेको छ । संक्रमित मध्ये एकजना कोशी अस्पतालमा समेत कार्यरत छन् ।

विराटनगर ५ र १० नम्बर वडा र कोशी अस्पताल बस्ने समेत गरि चारजना रहेको महानगरका फोकल पर्सन हैदर अलीले जानकारी दिए ।

अस्पतालका ५८ कर्मचारीको स्वाब संकलन गरिएको थियो । तीमध्ये चारजनामा संक्रमण पुष्टि भएको हो । अस्पतालमा २५० संख्यामा कर्मचारी रहेका छन् ।