मणिपाल शिक्षण अस्पताल पोखरामा कार्यरत एक जना चिकित्सकमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।
सामान्य ज्वरो आएपछि कोरोना संक्रमणका आशंकामा आइतबार उनको स्वाब परीक्षणका लागि पठाइएको थियो । सोमबार ती पुरुष डक्टरलाई कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अस्पतालमै सुरक्षा सकर्तता अपनाउँदै पेशामा खटिएका २९ वर्षीय चिकित्सक मणिपालमै एमडीसमेत पढिरहेका छन् । ती चिकित्सकमा कसरी कोरोना सर्यो भन्ने यकिन भएको छैन ।
संक्रमित चिकित्सकलाई उपचारका लागि मणिपालमै नराखी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । यो अस्पताल कोरोना उपचारका लागि छुट्टै आइसोलेसन वार्ड व्यवस्था गरिएको छ ।
ती चिकित्सक सोमबार बिहानसम्म पनि उपचारमा खटिएका थिए। मेडिकल वार्डमा कार्यरत ती डक्टरलाई कसरी कोरोना सर्यो र अरुलाई पनि उनीबाट सर्यो होला भन्ने कुराको खोजी प्रदेश स्वास्थ्य निर्देशनालयले गरिरहेको छ ।