logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अहिलेसम्म समुदायमा कोरोना भाइरस फैलिएको देखिदैन  : स्वास्थ्य मन्त्रालय


अंकुरण खबर
767
Shares

देशका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण फैलिएको चर्चा चलिरहँदा सरकारले भने नफैलिएको बताएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना भाइरसको संक्रमण नफैलिएको बताएको हो ।

सोमबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले समुदायमा कोरोना नफैलिएको जानकारी दिएका हुन् । उनले भने, समुदायमा कोरोना भाइरस फैलिएको भन्ने चर्चा चलिरहँदा अहिलेसम्म समुदायमा फैलिएको देखिदैन ।

गौतमले ठुला शहरमा हुने गरेका भिडभाडले कोरोनाको जोखिम बढाउने भन्दै स्वास्थ्य प्रति सचेत हुन आग्रह गरे ।

सोमबार मात्र थप १३९ जनामा कोरोना भाइरस कोभिड–१९ सक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको सख्या १८ हजार ७ सय ५२ पुगेको छ ।