नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक सुरु गरेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा केही बेर अघि बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओलीलाई ‘प्रचण्ड’ले भेटेर फर्किएपछि रोकिएको स्थायी कमिटी बैठक पुन सुचारू गरेका हुन् ।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहेका भएपनि ओली पक्षधर नेताहरू पनि सहभागी रहेको स्रोतको दाबी छ ।
बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सरकारका केही मन्त्रीहरू पनि सहभागी भएको स्रोतले जानकारी दिएको छ ।