logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बझाङमा एक बृद्धको मृत्यु, मृत्युपश्चात कोरोना पुष्टि


अंकुरण खबर
624
Shares

कोरोना भाइरसको संक्रमणबाट बझाङमा एक बृद्धको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बझाङको बुङ्गल नगरपालिका ३ का ६५ वर्षीय बृद्धको कोरोनाबाट मृत्यु भएको हो। उनको साउन ९ गते मृत्यु भएको थियो।

सोमबार साँझ आएको कोरोना रिपोर्टमा पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण जोशीले बताए। उनको मृत्युपश्चात कोरोना पुष्टि भएको हो ।

उनी असार २४ गते भारतको बेंलोरबाट आएका थिए। १४ दिन क्वारेन्टाइन बसेपछि असार ६ गते घर गएका थिए। क्वारेन्टाइनमा रहँदासम्म उनलाई कुनै समस्या नदेखिएको र असार ९ गते एक्कासी स्वास फेर्न गाह्रो भएपछि उनको मृत्यु भएको जोशीले बताए।

त्यसपछि उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। उनको असार ९ गते नै धार्मिक परम्पराअनुसार दाहसंस्कार गरिएको थियो। दाहसंस्कारमा सहभागीहरुको खोजी सुरु भएको छ।