logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा स्थायी समितिको बहुमतले भन्यो, केपी ओलीको कदम अनुचित


अंकुरण खबर
858
Shares

सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) स्थायी समितिको बहुमतले एक पक्षीय रुपमा बैठक स्थगित गर्ने प्रधानमन्त्री केपी ओलीको कदम अनुचित भएको निस्कर्ष निकालेको छ ।

ओलीले मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श नगरी नेताहरु बैठकका लागि बालुवाटार पुग्नै लाग्दा एक पक्षीय रुपमा बैठक स्थगन गरेका थिए ।

ओलीले बैठक स्थगित गरेपछि बसेको स्थायी समिति बैठकले बैठक छल्न खोज्ने ओली प्रवृत्ति अनुचित रहेको निस्कर्ष निकालेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीले विधिविपरित बैठक स्थगन गरेको सूचना प्रसारित गर्नु उचित नभएको निस्कर्ष बहुमतको रहेको जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले पार्टी एकता, विधि र परम्परालाई ध्यानमा राखेर ओलीसँग संवाद गरी बैठक सुचारु गर्ने जिम्मेवारी कार्यकारी अध्यक्ष प्रचण्डलाई दिइएको बताए । ओली विना नै स्थायी समितिको बैठक सुचारु गरेपनि नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको छ ।

बैठकमा ४४ सदस्यीय स्थायी समितिमध्ये प्रचण्ड–माधव नेपाल पक्षका ३१ जनाको उपस्थिति थियो ।