आज बुधबार पनि अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ भने केहीको बढेको छ ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ४ पैसा तोकेको छ ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९६ रहेको छ ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १४० रुपैयाँ १९ पैसा छ भने बिक्रीदर मूल्य १४० रुपैयाँ ९० पैसा छ । त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५३ रुपैयाँ ८८ पैसा छ भने बिक्रीदर मूल्य १५४ रुपैयाँ ६५ पैसा छ ।
