logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ५ जना कोरोना संक्रमित


अंकुरण खबर
793
Shares

गण्डकी प्रदेशका ४ जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज बिहान स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले दिएको सूचनाअनुसार गण्डकी प्रदेशका तनहुँ, स्याङ्जा, बागलुङमा १–१ तथा म्याग्दीमा २ गरी जम्मा ५ जना संक्रमित थपिएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४३५ पुगेको छ ।

सबै संक्रमितहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको निर्देशनालयले जनाएको छ ।